पोखरा ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा छ । हिजो युरो एकको खरिददर १५८ रुपैयाँ ७९ र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०९ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०२ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७० पैसा थियो ।















