चलचित्र निर्देशक नारायण पुरीलाई मातृ शोक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृ शोक परेको छ । उनीहरुको आमा चन्द्रकला पुरीको ८६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

चन्द्रकला केही सयदेखि बिमार रहेकी थिइन् ।नारायणले नेपाली चलचित्र क्षेत्रका लागि थुप्रै हिट फिल्म दिएका छन् । शिव नेपाल चलचित्र प्राविधिक सङ्घका पूर्व कोषाध्यक्ष र फिल्मका चर्चित सम्पादक हुन् ।

  • १० असार २०८२, मंगलवार ११:३९ प्रकाशित