बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा सहभागी छन् ।

आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।

  • १० असार २०८२, मंगलवार १०:५१ प्रकाशित