पोखरा ।
आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा छ । हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो ।
हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा थियो । त्यसैगरि आज युरो एकको खरिददर १५८ रुपैयाँ ७९ र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा छ । हिजो युरो एकको खरिददर १५९ रुपैयाँ २९ र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०९ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७० पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा थियो ।















