कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम बेलहवामा ट्याक्टर पोखरीमा खस्दा स्थानीय २ महिलाको ज्यान गएको छ ।
सोमबार बिहान रोपाइँका लागि ट्याक्टरमा बसेर जाँदै गरेका २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरी दुर्घटनामा परेका थिए । ट्याक्टर पोखरीमा खसेको र उनीहरूको च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा चालक सहित ६ जना थिए । कपिलवस्तु जिल्ला प्रहरी कार्यालय डिएसपी मोहनमणि अधिकारीले घटनामा २ जना महिलाको ज्यान गएको पुष्टि गरे । यस्तै दुर्घटनामा घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।














