काठमाडौँ ।
नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ ।
सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमालेले सांसदहरूलाई ह्विप लगाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक बर्तौलाको भनेका छन् ।














