अमेरिकी डलरको मूल्य स्थिर, यी मुद्राको मूल्य घटबढ्

केन्द्रभाग मिडिया

पोखरा ।
आज सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ । आज युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ ।

आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ २९ र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ २० र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १३ पैसा थियो ।

  • ९ असार २०८२, सोमबार ०६:३१ प्रकाशित