नेकपा एसका सांसद मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध परेको जाहेरी प्रहरीले सनाखतपछि दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत पुगेको जाहेरी सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एकजना अधिकृतले बताए ।

चौधरीविरुद्ध धात बुढामगरले ५ करोड ४० लाखको बैङ्किङ कसुरको जाहेरी हुलाकमार्फत प्रहरीकहाँ पठाएका हुन् ।

स्रोत खुलाएर सनाखत गरेपछि जाहेरी दर्ता गर्ने प्रहरीको तयारी छ । जाहेरी दर्ता भएसँगै अदालतबाट पक्राउ पुर्जी लिएर आरोपी पक्राउ गर्ने कानुनी व्यवस्था छ । बैङ्किङ कसुरको मुद्दामा मिलापत्र गर्न मिल्ने व्यवस्था भएको हुनाले चौधरीले जाहेरवालाको रकम फिर्ता गरेमा मिलापत्र हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् ।

  • ६ असार २०८२, शुक्रबार १३:३० प्रकाशित