पाेखरा ।
कास्कीको मादी गाउँपाालिका वडा नम्बर १ खिलाङ र वडा नम्बर ६ ताप्राङकाे सयपत्री र भेडीखर्कमा गएराति पहिराे गएकाे छ । वडा नम्बर ६ मा पहिराेका कारण तीन वटा घरमा पूर्णरूपले क्षति भएकाे छ ।
मादी ६ का वडाध्यक्ष दिल बहादुर क्षेत्रीका अनुसार ताप्राङ स्थित सयपत्री टाेलका सन्त बहादुर गुरूङकाे एउटा र भेडीखर्कका वीर बहादुर रानाकाे दुईवटा घर गरेर तीनवटा घरमा पूर्ण क्षति भएकाे छ ।
वडा नम्बर ६ कै ताप्राङ स्थित सयपत्री टाेलमा सूर्यबहादुर थापाकाे मगर कटेज र कुखुरा फारममा क्षति पुगेकाे उनले जानकारी दिए ।
मादी १ काे खिलाङमा ३ सय मिटर माथिबाट आएकाे पहिराेले पुरिएर स्थानीय दुमप्रसाद गुरूङका गाेठसंगै त्यसमा रहेका दुई वटा भैंसी पुरिएका वडा नम्बर १ का वडा सदस्य प्रेम बहादुर गुरूङले जानकारी दिए ।
क्षति भएकाे जानकारी आएकाे र प्रहरी त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।
कास्की प्रहरी प्रवक्ता हरि बादुर बस्नेतले कुनै मानवीय क्षति नभएकाे र उद्धारकालागि सुरक्षा टाेली खटिएको जानकारी दिए ।














