नेतृत्वको कार्यशैली ठिक भएन : चन्द्र भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले यो देश र नेपालको राजनीतिक नेतृत्व बुझ्नै नसकेको बताएका छन् । साथै उनले नेपालको जलश्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भएपनि नेतृत्वको कार्यशैली ठिक नभएको बताएका हुन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् ।

उनले जलस्रोत मन्त्रीले २८ हजार मेगावाट बिजुली निकाल्ने प्रस्ताव सकारात्मक भएपनि नेपालका नेताहरूले सरकारको नीतिबाट विदेशमा भएका नेपालीहरूले पनि स्वदेश फर्केर पैसा कमाउन सक्छन् भनेर कुनै नेताले भाषण नगरेको बताए ।

‘अब जलस्रोत नीतिले देश बन्ने भयो भनेको, टेक एण्ड पे अरे १ तैँले बना आवश्यक परे किनौला रे ! बैङ्कले कहाँबाट लगानी गर्छ ? के हो के हो रु सोचाई के हो रु चिन्तन के हो रु बुझाई के हो रु इमानदारिता के हो ? मैले यो देश बुझ्नै सकिनँ’, उनले भने, ‘मैले यहाँको नेतृत्व बुझ्नै सकिनँ ।’

  • ५ असार २०८२, बिहीबार १७:१६ प्रकाशित