मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।

हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताए ।

पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आए पनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।

  • ५ असार २०८२, बिहीबार १७:०५ प्रकाशित