बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् ।

६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् ।

  • ५ असार २०८२, बिहीबार ११:२० प्रकाशित