रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ ।

बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन माग गरेको हो ।

४ उपकुलपति पदमा आवेदन माग गर्दा फरक फरक योग्यता निर्धारण गरिएको छ । यस्तै आवेदकले व्यवसायीक कार्यक्रम योजना बुझाउँदा सिलबन्दी गरेर बुझाउन गरिएको छ । आवेदन मन्त्रालयमा ७ दिनभित्र पेस गर्नुपर्नेछ ।

  • ४ असार २०८२, बुधबार १६:४९ प्रकाशित