इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ ।

इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो । उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।

  • ४ असार २०८२, बुधबार १३:५५ प्रकाशित