रौतहट।
बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट जयान गुमेको छ ।
मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
बाख्रा चराउने कामदारको रूपमा काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा बाख्रा चराउन गएकोमा घरमा फर्किएर नआएपछि आफन्तहरूले प्रहरीलाई मङ्गलवार साँझ खबर गरेका थिए।
खबरपछि प्रहरी टोली र स्थानीय मानिसले खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलन मृत फेला परेको थिए ।














