आज कारोबार रकमसँगै घट्यो नेप्से

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो ।

कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो ।

  • ३ असार २०८२, मंगलवार १५:४४ प्रकाशित