काठमाडौं ।
सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।
तर सभामुखले बैठक सन्चालन गरेको भन्दै उनको आलोचना पनि भएको छ ।नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसदमा विरोध जनाएको थियो ।
तर पछि भिजिट भिसाको नाममा हुने अनियमिताको विषयमा छानविन गर्न एक महिनाभित्र समिति बनाउने सहमतिसँगै अवरोध हटाउन तयार भएको थियो ।













