आज सेयर कारोबार रकम १३ अर्ब नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४० अङ्कले बढेको छ । साताको दोस्रो दिन सोमबार उच्च कारोबार भएको बजार सो अङ्कले बढ्दा परिसूचक २६५९.२६ विन्दुमा पुगेर बन्द भएको हो ।

परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।

आज कूल ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयरको कारोबार भयो ।

  • २ असार २०८२, सोमबार १५:५८ प्रकाशित