पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

केन्द्रभाग मिडिया

अर्घाखाँची ।

कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्री (पौड्याल)को निधन भएको छ । सोमबार बिहान ४ बजेतिर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

वि.सं. १९९३ सालमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नं। २ बाट विजयी भएका थिए । उनी उद्योग तथा श्रममन्त्री भएका थिए । शास्त्रीले २०१० सालतिर बनारसमा पढ्दादेखि नै कांग्रेस राजनीतिमा सक्रियता जनाएका थिए । भूमिगत अवस्थामा रहेर उनले राजनीतिक कमान्ड सम्हालेका थिए ।

  • २ असार २०८२, सोमबार १५:२३ प्रकाशित