राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो ।संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् ।

आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।

राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरुले भत्ता पनि नलिने घोषणा गरेका छन् ।राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।

  • २ असार २०८२, सोमबार १३:३२ प्रकाशित