इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ ।

इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न भनेको छ ।

युद्धका कारण शैक्षिक सङ्घसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभारभेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको हो ।

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले आग्रह गरेको हो ।

साथै दुतावासले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ ।

  • १ असार २०८२, आईतवार १६:२२ प्रकाशित