रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रौतहट ।

चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको ज्यान गएको छ ।

आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

  • १ असार २०८२, आईतवार १४:४० प्रकाशित