काठमाडौं ।
आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनार, युरो, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ । अर्थात् शनिबार जुन मूल्यमा किनबेच भएको थियो, आज पनि सबैजसो विदेशी मुद्रा सोही मूल्यमा कारोबार हुनेछ ।
नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा छ ।
त्यसैगरि आज युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा छ ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा छ ।
आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा छ ।















