मेरो राजनीतिक जीवन सिध्याउन खोजियो : गृहमन्त्री लेखक

केन्द्रभाग मिडिया

काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन समाप्त पार्न खोजिएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको उनले दाबी गरे ‘विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ । समयको लागि आभार व्यक्त गर्छु’ उनले भने, ‘धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु ।

मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे ।

  • ३० जेष्ठ २०८२, शुक्रबार १९:३१ प्रकाशित