भारतको अहमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतको अहमदवादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

यो घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।घटनामा परी निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकुल परिवारजनप्रति पार्टीले समवेदना प्रकट गरेको छ ।

  • ३० जेष्ठ २०८२, शुक्रबार १५:०३ प्रकाशित