एक साताभित्र देशभर मनसुन सक्रिय हुने

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौं ।

एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा छ ।

‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘मनसुनी वायु कोशी प्रदेशसम्म मात्रै छ । तर, मनसुन आउनका लागि अनुकूल वातावरण बन्दैछ । अब एक हप्तासम्म मनसुन प्रोगेसको अवस्था देखिन्छ ।

केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् ।

  • २९ जेष्ठ २०८२, बिहीबार १४:०३ प्रकाशित