सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी खटिए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको बताइएको छ ।

पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको ब्युरोले बताएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो ।

  • २८ जेष्ठ २०८२, बुधबार १६:५८ प्रकाशित