पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्यान्ड गर्ने क्रममा फेवा तालमा खस्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आज दुई वटा प्याराग्लाईडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको रेस्क्यु टिमले चार जनालाई सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षिय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको दिउँसो करीव ३ बजे सकुशल उद्धार भएको हो ।

 

  • २८ जेष्ठ २०८२, बुधबार १६:३८ प्रकाशित