प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा बैठक बिहीबार २९ गते भोलि दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

आजको बैठकमा प्रतिपक्षीहरूले मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।

  • २८ जेष्ठ २०८२, बुधबार १६:०८ प्रकाशित