विद्यालयबाट घर फर्किदै गरेकी पोखरा सिम्पानीकी पूर्णिमा ६ दिनदेखी सम्पर्क विहिन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन देखी सम्पर्क विहिन भएकी छन् ।

पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएको उनका बुबा भीमबहादुर तामाङले जानकारी दिए ।

पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि अझै सम्पर्कमा नआएको भीमबहादुरले जानकारी दिए । छोरी हराएर वडा प्रहरी कार्यालय बगर पुग्दा प्रहरीले सहयोग नगरेको समेत उनले गुनासो पोखे । बगर प्रहरीलाई खबर गर्दा नदिपुर प्रहरी विटमा पठाएको उनले सुनाए । पूणिमालाई भेटिएमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ वा ९८१९१०७०४० मा सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् ।

  • २८ जेष्ठ २०८२, बुधबार १४:०८ प्रकाशित