काठमाडौँ ।
अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् ।
सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि आज मतदान हुन लागेको हो । उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ । भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमा समेत ३ जनाको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको हो । धामी डाक्टर कडरिया प्यालनबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् ।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धेरैले उम्मेदवारी दिएका छन् ।
मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।
अनेरास्ववियुको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न एमालेको उच्च तहबाट निर्देशन आएको थियो । आज साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।













