अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो, यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ घटेको छ । तर, युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा छ। हिजो युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०१ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा थियो ।

  • २८ जेष्ठ २०८२, बुधबार ०६:३४ प्रकाशित