अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पाेखरा ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर भने बढेको छ । यी मुद्राको विनिमयदर हिजो भने घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आवका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा छ । हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो ।

 

हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा छ। हिजो युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०१ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ४१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

  • २७ जेष्ठ २०८२, मंगलवार ११:०३ प्रकाशित