पोखरा ।
हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् ।
पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसामा सहजता ल्याउन पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिला नै भिसा प्रक्रिया अगाडि बनाउनु पर्ने उनको भनाई छ । ‘सके अनएराइभल भिसा दिए हुन्छ’ उनले भनिन्, ‘नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्छ ।’
उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लागनी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् ।
पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले बताइन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेशकै रहेकाे जानकारी दिइन् । पोखराबाट हङकङ सिधा उडान सम्भव भएको भन्दै उनले अहिले काठमाडौ दिनहु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सक्ने बताइन् ।
कार्यक्रममा एनआरएनए हङकङका कुलप्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्तामा एक दिन भए पनि सिधा उडान हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षहरू सूर्य बहादुर भुजेल र चिरञ्जीवि पोखरेल लगायतले बाेलेका थिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।














