पोखरा ।
पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ ।
ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान सडकको बीचमा भेटिएको थियो ।त्यसपछि अनुसन्धान थालेको कास्की प्रहरीले दिउँसो करिब ११ बजे ट्याक्टरका चालक वालिङका २० वर्षीय पवनकर रानासहित र १४ वर्षीय बालक (सहचालक) लाई पक्राउ गरेको छ ।
अहिले उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।













