पोखरा ।
पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।
आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान सशस्त्र प्रहरी लबल नेपाल नं। २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गोताखोरको टोलीले ३५ फिट गहिराइबाट निकालेको हो ।
बेगनासमा ताल मृत भेटिएका श्रेष्ठ गोरखाबाट ६ जनाको समूहमा घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।













