पोेखरा
पोेखरा ८ सृजनाचोकमा अवस्थित सिर्जना सेकेण्डरी स्कुलको आयोजना र जुनियर रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत जेष्ठ २३ गते शुक्रवार र २५ गते आइतवारका दिन अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता तहगत एवम् कक्षागत रूपमा सम्पन्न भएको छ ।
जेष्ठ २३ गते शुक्रवारका दिन कक्षा ४–१० सम्म र २५ गते आइतवार कक्षा १–३ सम्म प्रतियोगिता सम्पन्न गरिएको थियो । उक्त प्रतियोगिता कक्षा १ देखि ८ सम्म कक्षागत रूपमा र कक्षा ९ र १० तहगत रूपमा सञ्चालन भएको थियो ।
माध्यमिक तह (कक्षा ९ र १०) बाट हरियो सदनले प्रथम र रातो सदनले द्वितीय स्थान हासिल गर्न सफल भएका थिए । यसैगरी कक्षा ८ मा रातो सदन प्रथम, पहेँलो सदन द्वितीय हुन सफल भए भने कक्षा ६ र ७ मा हरियो सदन प्रथम, पहेँलो सदन द्वितीय हुन सफल भएका थिए । कक्षा ५ मा रातो सदन प्रथम, पहेँलो सदन द्वितीय यसैगरी कक्षा ४ मा पहेँलो सदन प्रथम, रातो सदन द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई अबिर र प्रमाणपत्रद्वारा सम्मान गरिएको कुरा विद्यालयका शिक्षक विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।















