सप्तकोशीमा अभ्यासका क्रममा बेपत्ता गोताखोर साउदको शव भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता थिए ।

  • २५ जेष्ठ २०८२, आईतवार १६:१५ प्रकाशित