विपक्षीले अवरोध गरेपनि संसद अघि बढ्छ : सत्तारुढ दल

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् ।

आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।

‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए ।आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने पनि उनले बताए ।

  • २५ जेष्ठ २०८२, आईतवार १५:३६ प्रकाशित