लगातार तेस्रो दिन पनि घट्यो नेप्से

केन्द्रभाग मिडिया

stock

काठमाडौँ ।

सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ ।

अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैङ्क सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

  • २२ जेष्ठ २०८२, बिहीबार १६:२३ प्रकाशित