माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि छलफलमा जुटे नेताहरू

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा एकीकृत समाजवादीका नेता तथा सांसदहरू नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका नेताहरूसँग छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए ।

संसद् भवन बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादीका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका प्रकाश ज्वाला लगायत छलफलमा जुटेका छन् ।

नेपालको इतिहासमै पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस घटनालाई लिएर कतिपय दलका नेताहरूले आश्चर्य प्रकट गरेका छन् । बिहीबार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपिठको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

  • २२ जेष्ठ २०८२, बिहीबार १५:२२ प्रकाशित