प्रतिनिधि सभा बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।

आजै दिउँसो ३:१५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

  • २१ जेष्ठ २०८२, बुधबार १६:३४ प्रकाशित