सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ । छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

साथै यो अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको समेत यकिन गर्न विभागले अनुरोध गरेको छ ।

  • २१ जेष्ठ २०८२, बुधबार १४:४९ प्रकाशित