काठमाडौं ।
नेपाली बजारमा बुधवार सुनको भाउ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको भाउ बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।















