गृहमन्त्रीले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारीले बताए ।

‘त्यहाँ सातै प्रदेशमा रहनु भएको सशस्त्र प्रहरीका बाहिनीपतिज्यूहरु समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गर्नुभयो’, उनले भने ।

सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौवजीले भने विगतका कमी कमजोरीबारे समेत छलफल गरेर यसपालि कुनै चुक हुन नदिने गरी तयारी गर्ने विषयमा छलफल भएको छ ।

  • १९ जेष्ठ २०८२, सोमबार १७:०० प्रकाशित