आज सुन र चाँदीको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

  • १९ जेष्ठ २०८२, सोमबार १२:५५ प्रकाशित