एयर इन्डियाद्वारा आजदेखि काठमाडौँ – बैंङ्लोर सिधा उडान सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एयर इन्डियाले आइतबारदेखि काठमाडौँ – बैंङ्लोर सिधा उडान थालेको छ । आज (जुन १) देखि लागु हुने गरी उक्त एयरलाइन्सले दैनिक उडान थालेको हो ।

शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनको गेटवे मानिने सो क्षेत्रबाट बोइङ ७९७ विमानमार्फत उडान सुरु गरिएको हो । यो आफ्नो १७ औँ गन्तव्य रहेको एयर इन्डियाले जनाएको छ ।

उक्त विमान बिहान ५ः०५ बजे बैंङ्लोरबाट काठमाडौँका लागि छुट्नेछ । बिहान ८ः०५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यसूची छ । त्यस्तै, विमान ९ः०५ बजे काठमाडौँबाट उड्नेछ भने दिउँसो १२ः२५ बजे बैंङ्लोरमा अवतरण गर्नेछ ।

त्यसमध्ये १४ वटा अन्तर्राष्ट्रिय उडान छन् । टाटा इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा सञ्चालित यस कम्पनीसँग बोइङका ७२ र एयरबसका ४० वटा विमान छन् ।

यसले भारतका ३८ वटा र भारत बाहिरका १७ विमानस्थलमा दैनिक ५० उडान गर्दै आएको छ । अहिले एयर इन्डियाले बैंङ्लोरबाट मात्रै ३१ वटा गन्तव्यमा हप्ताको ४४८ वटा उडान गर्दै आएको जनाएको छ ।

  • १८ जेष्ठ २०८२, आईतवार १५:०८ प्रकाशित