काठमाडौँ ।
गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
७७ वर्षीय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए ।
उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छोरी देश बाहिर रहेकाले भोलि (सोमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।














