आज सुनचाँदीको भाउ कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • १८ जेष्ठ २०८२, आईतवार १३:१९ प्रकाशित