आज अमेरिकी डलर र युरो पाउन्डको मूल्य स्थिर, अन्यको कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा छ ।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा छ ।

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा छ ।

  • १८ जेष्ठ २०८२, आईतवार ०७:०७ प्रकाशित